काठमाण्डौमा नेपाली कांग्रेसका ८ निर्वाचित प्रदेस सभा सदस्य: तिन दोहोरिए पाँच जना पहिलो पटक

काठमाण्डौमा नेपाली कांग्रेसका ८ निर्वाचित प्रदेस सभा सदस्य: तिन दोहोरिए पाँच जना पहिलो पटक

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १६।

काठमाण्डौ जिल्लाका २० प्रदेस निर्वाचन क्षेत्र मध्ये आठ वटामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन। काठमाण्डौ जिल्लाका ३ जना बागमती  प्रदेस सभा सदस्य दोहोरिएका छन भने पाँच जना पहिलो पटक निर्वाचित भएका छन।

काठमाण्डौ क्षेत्र नं १ (१ ) का दिपेन्द्र श्रेष्ठ ,क्षेत्र नं ३ (१ ) का छिरिङ दोर्जे लामा र क्षेत्र नं १० (१ ) का पुकार महर्जन दोश्रो पटक प्रदेस सभा सदस्य बनेका छन।

त्यस्तै क्षेत्र नं १ (२ ) का सुरज चन्द्रलामिछाने , क्षेत्र नं ३ (२ ) का बिमल ठकुरी ,क्षेत्र नं ४ (१ ) का श्रीराम लामिछाने ,क्षेत्र नं ५ (२ ) का श्याम बहादुर खड्का,क्षेत्र नं ६ (१ ) की हरिप्रभा खड्गी पहिलो पटक प्रदेस सभा सदस्यमा निर्वाचित भएका छन।

काठमाण्डौ क्षेत्र नं १ र ३ मा दुवै प्रदेस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन। काठमाण्डौ क्षेत्र नं ६ (१) बाट निर्वाचित हरिप्रभा खड्गी एक मात्र निर्वाचित महिला सदस्य रहेकी छन।

 

 

तपाइँको प्रतिक्रिया ।