धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा

धावक रामसुन्दर कार्कीले  ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १६।
लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए ।
जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड यात्रा चौथो पटक पूरा गरेका हुन् । आफूले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माणका लागि आर्थिक सहयोग जुटाउन दौडेको कार्कीले जानकारी गराए ।
उनको दौड यात्रामा अर्जुनध्वज कार्की, कुमारध्वज कार्की र राजेन्द्र खड्काले आवश्यक सहयोग गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।