मंसिर १७ गते शनिबार गोकर्णेश्वर मन्दिर प्रांगणमा मुवाँथाइ प्रोफेशनल फाईट प्रतियोगिता हुने

मंसिर १७ गते शनिबार गोकर्णेश्वर मन्दिर प्रांगणमा मुवाँथाइ प्रोफेशनल फाईट प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १४। गोकर्णेश्वरमा मुवाथाइ प्रोफेशनल फाइट प्रतियोगिता हुने भएको छ ।बुधबार गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिले पत्रकार सम्मेलन गरी सो प्रतियोगिताको जानकारी दिएको हो। स्वस्थ्य को लागि खेलकुद रास्ट्र्को लागि खेल्कुद भन्ने मुल नाराको साथमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद शाखाको आयोजना तथा गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिको संयोजनमा मुवाथाइ प्रोफेशनल फाइट प्रतियोगिता गर्ने भएको हो ।

मंसिर १७ गते शनिबार गोकर्णेश्वर मन्दिर प्रांगणमा बिहान ११ बजेबाट शुरु हुने उक्त प्रतियोगितामा बिजेताले नगद रु २० हजार सहित बेल्ट मेडल र प्रमाणपत्र प्राप्त गर्ने गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिका अध्यक्ष सानुकुमार श्रेष्ठले जानकारी गराए पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समिती का अध्यक्ष सन्जय लामा ,कमिटी का पदाधिकारी सहित रेफ्री, खेलाडीहरुको उपस्थिती रहेको थियो। गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितीका अध्यक्ष सन्जय लामाले गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितीले खेलकुद र खेलाडीको बिकासमा विभिन्न काम गर्दै आएको जानकारी गराए उन्ले खेलाडी हरुको बिमा गर्ने काम पनि अघि बढेको जान्कारी दिदै प्रतियोगिता सफलताको कामना गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।