मापसे गरी भाडाको टाटा सुमो चलाउने १ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा चलाइयो

मापसे गरी भाडाको टाटा सुमो चलाउने १ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा चलाइयो

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १४।
काठमाडौंको फर्पिङबाट हिजो पक्राउ परेका सुमो चालकलाई  अभद्र व्यवहार मुद्धा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन  ।
मदिरा सेवन गरि ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय नवराज के।सी।लाई हिजो ट्राफिक प्रहरीले काठमाडौँको फर्पिङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत किर्तीपुरमा बुझाएको थियो । पक्राउ परेका के।सी।माथि अभद्र व्यवहार मुद्धामा दिन ५ (पाँच) म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त किर्तीपुरले जानकारी दिएको छ ।
यस्तै काठमाडौंको बौद्ध दक्षिणढोकाबाट हिजो सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी हुन परिक्षा हल भित्र प्रवेश गर्दै गरेका एकजना नक्कली प्रशिक्षार्थीलाई पनि आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ । बर्दियाको सुर्यपुरा ७ घर भइ ललितपुरको हात्तीवन बस्दै आएका विक्रम थारुको नाममा लिखित परीक्षा दिने धनुषाको जनकपुर उपमहानगरपालिका १५ का २६ बर्षीय अरुण मण्डललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्धमा बुझाइएको हो ।

तपाइँको प्रतिक्रिया ।