माछापुछ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल : ग्रिनफिल्ड र गोल्डेनपिक क्वाटरफाइनलमा

कपन अनलाइन
काठमाडौं, मंसिर १४।
ग्रिनफिल्ड र गोल्डेनपिक १५ औं माछापुछ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित गर्यो  । ग्रिनफिल्डका अर्जुन बस्नेतले २६ स्कोर गरे । गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेताका सुशिल गिरीले ९ अंक जोडे ।
सिनियर गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । पृथ्वीकी बविता घिमिरेले ६ अंक बटुलिन् ।
सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले बीएमसीलाई ४२–२०, गोल्डेनपिकले भद्रकालीलाई ५२–२६ तथा सैनिकले मनासलुलाई ४१–१५ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । इबीएका आयुश राई र सौगात खत्रीले १३–१३, गोल्डेनपिकका विजय तामाङले ५ र सैनिकका कुशल पौडेलले १७ अंक जोडे । अन्य प्रतिस्पर्धामा हिमालयन किङडमले स्किब्सलाई ३३–३२ तथा युनिभर्सिटीले स्कोलर्स होम एकेडेमीलाई २५–१८ ले   पन्छाए । हिमालयनका साङ्गु तामाङले २३ तथा युनिभर्सिटीका सुरज पास्वानले १२ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।