निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १२।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छाँयानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारुसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सारूसहित उक्त नगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावत र प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध अख्तियारले सोमवार विशेष अदालतमा सार्वजनिक सम्पत्ति हिनामिना तथा गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त नगरपालिकाबाट सञ्चालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको बिउ तथा जैविक विषादी खरिद वितरण कार्यक्रममा लक्ष्य बमोजिमको बिरुवा नल्याई झुट्ठा बील भरपाई पेश गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

हिउँदे फलफूल विरुवालगायतका सामग्री वितरण कार्यक्रममा बिरुवा खरिद गर्दा वास्तविक लागेको रकमभन्दा बढीको झुट्टा बिल र बिरुवा ढुवानीवापत भुक्तानी दिएको भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले २ लकः २३ हजार ११० रुपैयाँको झुट्टा बिल, भरपाई बनाई भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ पुर्‍याएको अभियोगपत्रमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।