निर्वाचन परिणामपछि पनि डा.राजन भट्टराई माथि निर्लज्ज प्रहार ……

निर्वाचन परिणामपछि पनि डा.राजन भट्टराई माथि निर्लज्ज प्रहार ……

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १२।

काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचनको परिणाम घोषणा भैसक्दा पनि चुनावी प्रचार कै झल्को दिनेगरी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराई  निरन्तर प्रहारको शिकार भैरहेका छन।

काठमाण्डौ क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई बधाई दिएर विगतमा जस्तै निरन्तर क्षेत्रको हितमा सक्रिय रहने बताएका डा.भट्टराई माथि मानवीय संवेदनाको समेत ख्याल नगरी सोहि दिन निवास संग जोडेर संचार माध्यममा समाचारका समेत प्रकासन भएको छ।

जनताले निर्वाचित गराएमा नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर देशको प्रधानमन्त्री बन्ने अभियानमा रहेका नेपाली महामन्त्री थापाको निकट भन्ने गरिएका संचार माध्यमहरुबाट निरन्तर प्रहार हुनु राजनीतिक नहुने बताउदै एक बुद्दिजीवीले थर,घर र समुदाय जोडेर गरिने प्रचारले आपसी द्वेष फैलाउने तर्फ सचेत हुनुपर्ने धारणा राखेका छन।

आफ्ना निकटतम प्रतिद्वन्दी माथि निरन्तर भैरहेका प्रहारहरु राजनीतक र मानवीय नरहेको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिव श्रीकृष्ण श्रेष्ठ बताउछन।

महामन्त्री थापा नेपालको प्रधानमन्त्री बनेमा परराष्ट्र सम्बन्ध,नीति र यसका विविध आयाममा डा.भट्टराईको ज्ञान,अनुभव र अध्ययनलाई  उपयोग गर्ने गरी मित्रवत सम्बन्ध विकास गर्नुपर्नेमा निर्लज्ज तरिकाले आरोप,लान्छना र गलत प्रचार हुनु दुखद रहेको बताउदै श्रेष्ठले काठमाण्डौ क्षेत्र नं ४ को विकासमा डा.भट्टराईले पुर्याएको योगदानलाई कसैले अवमुल्यन गर्न नसक्ने दावी गरेका छन।

अहिले भैरहेको प्रहार डा.भट्टराईलाई मात्र नभई नेकपा एमाले माथि भएको बुझाई रहेको भन्दै सचिव श्रेष्ठले यस किसिमका गतिविधिले प्रतिनिधि सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरु विचको सम्बन्ध तिक्त हुने र दुरी बढ्ने खतरा देखिएको संकेत गरेका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।