१५ औं माछापुछ्रे–भ्याली पब्लिक कप बास्केटबलमा ग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित

कपन अनलाइन
काठमाडौं, मंसिर ११।
ग्रिनल्यान्ड र नेसनल युनाइटेडले १५ औं माछापुछ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
ग्रिनल्यान्डले गोल्डेनपिकलाई ४३–३० ले पराजित गर्यो  । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १९ अंक योगदान गरे । विराज श्रेष्ठको १० अंक मद्दतमा नेसनल युनाइटेडले केभीकेएसएसलाई २१–१४ ले हरायो । सोही स्पर्धामा इडेन ब्रिज एकेडेम (इबीए) ले जुगल एकेडेमीलाई ४४–२४ तथा काठमाडौं भ्यालीले टीआईएलाई ३०–१६ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २२ तथा काठमाडौं भ्यालीका आयुशले ८ अंक जोडे ।
भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा एचएचसीएले दोहोरो जित निकाल्यो । एचएचसीएले काष्ठमण्डपलाई १४–११ तथा जुगललाई २९–१५ ले निराश पा¥यो । जितमा काष्ठमण्डप विरुद्ध रेस्मा तामाङले ११ तथा जुगल विरुद्ध सरा घलेले ९ स्कोर गरे । सिनियर गल्र्समै काष्ठमण्डपले जुगलमाथि २६–१४ को जित दर्ता ग¥यो । विजेताकी राज्भी श्रेष्ठले ८ अंक बटुलिन् ।
जुनियर ब्वाइजमा इबीएले डाफोडिललाई ११–७, ग्रिनल्यान्डले टीआईएलाई २६–१६ तथा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले गोल्डेनपिकलाई २१–१३ ले पन्छाए । इबीएका निखिल शाहीले ११, ग्रिनल्यान्डका आयुश घलेले १८ र बीएनएका सुयेश गौतमले ८ अंक जोडे ।
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखि
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
प्रतियोगितामा जम्मा ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
अध्यक्ष पाण्डेले भविष्यका खेलाडीलाई प्रतियोगिताले नयाँ उत्साह र प्रेरणा दिने बताउदै क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले चाँडै नै ब्याडमिन्टन र मार्सल आर्टका प्रतियोगिता पनि आयोजना गर्न लागिएको जानकारी गराउदै विद्यालय र विद्यार्थीबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता महत्वपूर्ण साबित हुने धारणा व्यक्त गरे ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजक समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु घट्टेकुलोस्थित सूर्योदय स्कुलको कोर्टमा खेलाइने छ । प्याब्सन मध्य क्षेत्रीय समिति काठमाडौंको मध्य क्षेत्रमा अवस्थित ६० भन्दा बढी विद्यालयहरुको साझा प्राज्ञिक संगठन हो ।

तपाइँको प्रतिक्रिया ।