यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ -११को पाँचौ बार्षिक साधारण सभा सम्पन्न

यज्ञडोल जगडोल युवा क्लब बुढानिलकण्ठ -११को  पाँचौ बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं  मङ्सिर ११ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा रहेको यज्ञडोल जगडोल युवा क्लबको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल स्थित निर्माणाधीन रावण यज्ञपार्क संगै रहेको क्लबमा शनिबार  भएको उक्त साधारण सभाको प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी रहेका थिए भने उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी वडा सदस्य समर गुरुङ, जनप्रतिनिधि,संस्थाका सल्लाहकार अजय पौडेल, लगायत क्लबका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष संजय पौडेलले गरेका थिए भने कार्यक्रम संचालन प्रकाशमणि पौडेलले गरेका थिए । राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलन गरि गरिएको थियो।

कार्यक्रममा क्लबका   उपाध्यक्ष समेत रहेका  जन्जित केसीले स्वागत मन्तब्य राखेको कार्यक्रममा  क्लबका अध्यक्ष संजय पौडेलले  बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने क्लबका सचिब कपिल पौडेलले प्रगति बिवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबको कोषाध्यक्ष  रुपक पौडेलले आर्थिक बिवरण प्रस्तुत गरेका थिए  ।

कार्यक्रममा, प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारी वडा सदस्य समर गुरुङ  लगायतले शुभकामना मन्तब्य राख्दै सामाजिक संघ संस्थाले समाज विकासमा महत्वपूर्ण योगदान दिएको बताएका  थिए ।आजका युवाहरू भोलिका कर्णधार भएको भन्दै क्लव एक सामुहिक भेटघाट गर्ने र राम्रा विचार छलफल र ज्ञान आर्दन प्रदान गर्ने थलोको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए । जगडोलमा बन्दै गरेको रावण यज्ञपार्कले जगडोलको प्रचार प्रसार तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताएका थिए ।कार्यक्रममा क्लबले आयोजना गरेको आन्तरिक टेबलटेनिस प्रतियोगितामा बिजयी भएका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।