Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/11/317079423_589384339782172_8475911570197110757_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/11/317306208_589384233115516_3996560741736716847_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/11/316828666_589384189782187_4679787498320321362_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नं ३ले मतदातालाइ धन्यवाद दियो

कपन अनलाइन 

काठमाडौँ, मङ्सिर ११।नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ले   निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई बधाई सहित निर्वाचनको क्रममा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।  काठमाडौं क्षेत्र नं ३मा   नेपाली काङ्ग्रेस बाट प्रतिनिधि सभामा सन्तोष चालिसे एवं प्रदेश सभा(१) मा छिरिङ दोर्जे लामा र प्रदेश सभा(२) मा बिमल ठकुरी निर्बाचित भएका थिए । कार्यक्रममा प्रतिनिधिसभा सांसद सन्तोष चालिसेले नेता कार्यकर्तालाई धन्यवाद दिदै आफू जनताको काम गर्न निर्बाचित भएकोले कुनै गुनासो नआउने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन  ।

उनले  यसअगाडी पनि जनताको काम गरेर आएकोले त्यै अनुभव लिएर संसदमा जनताको आवाज बोल्ने  भन्दै चालिसेले जनताको सुख दु:खमा साथ दिदै विकास र समृद्धिको अभियानमा लागिरहने बताएका थिए  ।प्रदेश सभा(१) का निर्बाचित सांसद छिरिङ दोर्जे लामाले जितको खुशी सङ्गै जनताको भारी बोक्न पाउदा हर्षित भएको बताए । उनले नेपाली काङ्ग्रेसले चुनाव नजित्दा लोकतन्त्र र संविधान रक्षाको लागि समेत अफ्ट्यारो परेको बेला जनताले त्यै बुझेर मत दिएको भन्दै आगामी दिनमा पनि जनताको मन जित्नेगरी काम गर्ने प्रतिबद्धता जनाएका थिए  ।

उनले गठबन्धनका सहयात्री दलहरूको कारण पनि चुनावी नतिजा सकारात्मक आएको भन्दै यो क्षेत्रको सबै सिट जितेका कारण अब बिकासका पुर्वाधारले क्षेत्रको मुहार फेर्ने बिश्वास ब्यक्त गरेका थिए  । उनले पार्टी अनुशासन नमान्नेलाई जनता र नेताकार्यकर्ताले ठेगान लगाइदिएको पनि बताए । उनले पार्टीमा बसेर अनावश्यक कुरा गर्ने र पार्टी बिरोधि काम गर्ने अनि अन्तर्घात गर्नेको शुद्धिकरण अभियान सुरु हुने समेत बताए ।  कार्यक्रममा  मन्तब्य राख्दै क्षेत्र ३  प्रदेश २का   निर्वाचित प्रदेश सांसद बिमल ठकुरीले आफू जनताको काम गर्न कुनैपनि अवस्थामा पछि नहट्ने बताए । चुनाव जिताउने सबैप्रती धन्यवाद दिदै उनले आफ्नो बुबा स्व.चक्रबहादुर ठकुरीको आत्माले गाली नगर्ने गरि इमानदार भएर काम गर्न प्रतिबद्ध जनाएका थिए  ।

नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि एवं चुनाव परिचालन समितिका संयोजक हरिबोल भन्डारीले नेपाली काङ्ग्रेसको जितले पार्टी नेताकार्यकर्ता सबैलाई खुशी मिलेको बताए । उनले काठमाडौ-३ ले पाएको सफलताको मूल्याकंन गर्दै पार्टीले पनि यस क्षेत्रलाई केन्द्रिय सरकार र प्रदेश सरकारमा मन्त्री दिनुपर्ने र त्यसका लागि पहल गर्ने बताए ।संयोजक भन्डारीले चुनाव जित्ने साथीहरूले जनता र पार्टी कार्यकर्ताको मन नदुख्ने गरि काम गर्नुपर्नेमा जोड दिदै निर्वाचनको क्रममा साथ दिने सबैप्रती धन्यवाद दिए ।

नेपाली काङ्ग्रेस काठमाडौ जिल्ला सचीव एवं समानुपातिक उम्मेदवार गोबिन्द पुडासैनी ,नेपाली काङ्ग्रेस काठमाडौ-३ प्रदेस(१) सभापति श्रीराम चालिसे, पाली काङ्ग्रेस क्षेत्रीय सचिव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, नेपाल महिला संघ काठमाडौ सभापति बिष्णुदेवी पुडासैनी लगायतले पार्टीका नेताकार्यकर्ताको मेहनतले नेपाली काङ्ग्रेसले यसपटको निर्वाचनमा महत्त्वपूर्ण सफलता हात पारेको बताएका थिए  । उनीहरुले  निर्बाचित सबैलाई बधाई दिदै नेपाली काङ्ग्रेसको शानदार जितले पार्टी नेताकार्यकर्तालाई थप उर्जा मिलेको बताएका थिए  ।  उनीहरुले देश  र जनता प्रति इमान्दार भएर काम गर्न समेत अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।