काठमाण्डौ जिल्लामा निर्वाचित एक मात्र कम्युनिस्ट महिला प्रदेस सभा सदस्य रमा आलेमगर

काठमाण्डौ जिल्लामा निर्वाचित एक मात्र कम्युनिस्ट महिला प्रदेस सभा सदस्य रमा आलेमगर

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १०।

काठमाण्डौ क्षेत्र नं १० (२ ) बाट बागमती प्रदेस सभामा निर्वाचित रमा आले मगर एक मात्र विजयी कम्युनिस्ट महिला उम्मेदवार हुन्।

मंसिर ४ गते भएको प्रदेस सभा सदस्यको निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी आले मगर बागमती प्रदेस सभा सदस्यमा निर्वाचित भएकी हुन।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट समानुपातिक सुचीबाट प्रदेस सभा सदस्य बनेकी उनले २०७९ सालको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेद्वारी दिएकी थिइन।

सो निर्वाचनमा आले मगरले ५८१८ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण आले मगरले ५१८८ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।