निर्वाचन परिणाम पछि तारेभिरमा नेकपा एसको “रिफ्रेसमेन्ट”

निर्वाचन परिणाम पछि तारेभिरमा नेकपा एसको “रिफ्रेसमेन्ट”

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १०।

नेकपा एकीकृत समाजवादीले शिवपुरी पर्वतको काखमा रहेको तारेभिरमा निर्वाचन परिणामको समिक्षा गरेको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो समिक्षा तथा रिफ्रेसमेन्ट कार्यक्रमा प्रदेस सभा सदस्य पदका उम्मेदवार कुसुम कुमार कार्कीको पनि उपस्थिति रहेको थियो।

निर्वाचन परिणाम पश्चात भएको सो कार्यक्रममा परिणाम र यसका विविध पक्षहरुका वारेमा गम्भीर छलफल भएको कार्यक्रममा सहभागी एक नेताले जानकारी दिएका छन।

समिक्षा पश्चात मनोरन्जनात्मक कार्यक्रम भएको बताउदै ति नेताले आफ्नो उम्मेदवारहरुलाई दिएको मतका लागि धन्यवाद समेत दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।