खोला : त्रिलोचन आचार्य ( कविता )

खोला : त्रिलोचन आचार्य ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर १०।

१. खोलाजीवनहो किन्तु सम्मान मान छैन ?
दाताजीवनको नाम, चम्किने गान छैन?
चम्किने गानछैन?आफ्नै श्रेष्ठ स्रस्टाको
पुज्ने विधानछैन? यस्ता उच्च द्रस्टाको
नचिन्नु कहिलेसम्म? प्राण सजाउने झोला
लौरो के बिर्सने ? तरी सकेर त्यो खोला ।

२. खोला हार्दिक हो मित्र, भर्छु आत्मीयता म
खोला सुन्दर हो चित्र, गर्छु विश्वास गर्छु म
गर्छु विश्वास गर्छु म, जहाँ छ जलत्यैँ छ हाँसो
जीवन रङ्ग खोज्छु म, वादलमा के गुनासो ?
यसमा भै सद्भाव, दूर धाउँछ यो चोला
रोजौँ अब्बल भोलि, सुदिव्य पारेर खोला।

३. खोला सलल नबगे पनि, सधैँ तात्थ्यो यो तन
अस्तित्वनै हुँदखलल, कहाँखुल्थ्यो जीवन?
कहाँखुल्थ्यो जीवन?नभए त कलकल धारा
कहाँ घुम्थ्यो धरती?नभए त झलमल तारा
स्रष्टा रमाउथ्यो र ? हेरी खरानी गोला
हुन् नशा र रगतहुन्, नदीखहरे वा खोला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।