काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘२’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु बिष्ट निर्वाचित

कपन अनलाइन

काठमाडौं मङ्सिर ८। काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘२ ’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु बिष्ट निर्वाचित भएका छन । बिष्ट एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन्  ।विष्टले  १२ हजार १६३ मत पाएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन ।विष्टले ३ हजार ७८ मतान्तरले विजय हासिल गरेका हुन् ।यस्तै तेस्रो स्थानमा सत्तागठबन्धनका साझा उम्मेदवार भरत फुँयालले ८ हजार ६२६ मत पाएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।