भक्तपुर २मा नेपाली कांग्रेसका दुर्लभ थापा बिजयी

भक्तपुर २मा नेपाली कांग्रेसका दुर्लभ थापा बिजयी

कपन अनलाइन

काठमाडौं मङ्सिर ८। भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन  ।मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मतगणना अनुसार उनले  नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ५९ को मतान्तरले पराजित गरेका हुन  । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मतले अग्रता प्राप्त गरी विजयी भएका छन भने उनका  निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त  गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।