आङकाजी शेर्पाले फेसबुकबाट दिए प्रचन्डलाई हत्यागर्ने चेतावनी
काठमाडौँ ३० जेठ। जातीयताको विषयलाइ हतियार बनाउदै आएका आङकाजी शेर्पाले केहिदिन अघि गरेको १६ बुधेसहमति लाइ लक्षित गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने चेतावनी सामाजिक संजाल फेसबुक बाट दिएका छन । प्रेसरकुकर बम समेत राखिएको उनको स्टाटस मा ‘प्रचण्ड जीवित रहनु १३ हजार सहिदहरुको अपमान हो’ भन्ने शीर्षकमा शेर्पाले प्रचण्डलाई १३ हजार नेपालीको हत्यारा भन्दै प्रचण्ड जाने सार्वजनिक कार्यक्रममा प्रेसर कुकर बम र बन्दुकले उनको हत्या गर्ने योजना रहेको खुलासा गरेका हुन् ।
शेर्पा संघीय समाजवादी पार्टीका विदेश विभाग प्रमुख हुन् । पूर्व जनमुुक्ति सेनाहरुले प्रचण्डको हत्या गर्ने तयारी गरेको उनले खुलाएका छन् । ‘१३ हजार नेपाली जनताका हत्यारा प्रचण्ड उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ती सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने राजनीति विश्लेषण हाल चर्चामा रहेको छ’ उनले पोष्ट गरेको चार मध्ये पहिलो बुँदामा यस्तो खुलासा गरेका हुन् । संविधान निर्माणका लागि १६ बुँदे सहमतिप्रति लक्षित गर्दै शेर्पाले परिवर्तनका एजेण्डालाई पहिलो संविधानसभामा प्रधानमन्त्री र दोस्रो संविधानसभामा राष्ट्रपति पदसँग साटेर खाने दाउ गरेको भन्दै जनमुक्ति सेना र मधेसी युवाहरुले प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई मार्न प्रेसर कुकर बम र बन्दुक लिएर जाने राजनीतिक विश्लेषण भइरहेको भन्दै यस्तो स्टाटस लेखेका हुन् । उनले तीन दिन अघि फेसबुकमा यस्तो स्टाटस राखेका थिए । साथै, उनले बमसहितको प्रेसर कुकर, प्रचण्ड र गच्छदारको फोटो पनि पोस्ट गरेका छन् । गद्दार नेतालाई हत्या गरेर दण्डित गर्ने विश्व राजीतिक इतिहास नेपालमा पनि चााडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकको दाबी भने पनि कुन विश्लेषकले दाबी गरेको भन्ने उनले खुलाएका छैनन् ।
सामान्य भन्दा सामान्य विषयमा लेखिएको फेसबुक माथि बेलाबखत प्रतिबन्ध लागाउने नेपाल प्रहरीको साइबर क्राइम सेल, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड र पूर्व उपप्रधान एवं गृहमन्त्री गच्छदारलाई ज्यान मार्ने धम्की दिएको तीन बितिसक्दा पनि कुनै कदम अगाडि बढाएको छैन ।
प्रचण्ड जीवित रहनु , १३ हजार शहिदको अपमान हो !(1) १३ हजार नेपाली जनताका हत्यारा प्रचण्ड उपस्थित बैठक तथा सभासमारोहमा प…
Posted by Ang Kaji Sherpa on Tuesday, 9 June 2015
प्रचण्ड जीवित रहनु, १३ हजार सहिदको अपमान हो भन्दै उनले राखेका ४ बुँदा यस्ता छन्:
प्रचण्ड जीवित रहनु , १३ हजार शहिदको अपमान हो
- १३ हजार नेपाली जनताका हत्यारा प्रचण्ड उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ती सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान सक्ने राजनीति विश्लेषण हाल चर्चामा रहेको छ
- सम्पूर्ण परिवर्तनका एजेण्डाहरुलाई र पहिलो संविधानसभामा प्रधामन्त्री पदसंग र दोस्रो सविधानसभामा राष्ट्रपति पदसंग साटेर खाने १३ हजार नेपाली जनतका हत्यारा २१औ शताब्दीका अति व्रहमाणवादी आत्मसर्मपणवादी धोकेबाज प्रचण्ड र गछेदार उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ति सेना तथा मधेसी युवाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जाने दावी विश्लेषकहरुले गरेकाछन् ।
- १३ हजार विर शहिदहरुको सपना अधुरो र अपुरो छाडेर प्रचण्डको मात्र सपना साकार पार्न १० बर्षे जनयुद्ध र २०६२÷६३ जन आन्दोलन भएको होईन ।
- गद्धार नेताहरुलाई हत्या गरेर दण्डित गर्ने विश्व राजनीतिक इतिहांस नेपालमा पनि चाडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकहरुको दावी छ ।