जयराम थापाको जितका आधार : तिन “स” संगठन,सम्पर्क र शिक्षा

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेको तर्फबाट प्रदेस सभा सदस्यको उम्मेदवार रहेका जयराम थापाले आज चुनावी प्रचारको अन्तिम दिन विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएका छन।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा युवा तथा नयाँ नेतृत्वको आवाज उठाउदै निर्वाचनको मैदानमा उत्रिएका थापाले पछिल्लो चरणमा आफ्नो पक्षमा माहोल बनाउदै लगेका छन।

नेकपा एमालेको मझबुत संगठन रहेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा उम्मेदवार बनेका भण्डारीको जितका तिन आधारहरु देखिएको चर्चा अहिले चलिरहेको छ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा यस प्रदेस क्षेत्रमा रहेका बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरु विजयी भएका छन।

स्थानीय तहको निर्वाचनमा काठमाण्डौ जिल्लाका स्थानीय तहमा १३८ मध्ये ५२ वटा वडामा मात्र जितेको नेकपा एमालेले बुढानिलकण्ठ नगरपालिकाका १० वटा वडामा विजयी बनेको थियो। यस क्षेत्रमा रहेको नेकपा एमालेको संगठनले दरिलो  साथ दिएमा थापा सहज रुपमा विजयी बन्ने विश्लेषण गरिएको छ।

त्यस्तै काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा जयराम थापाले जित्ने दोश्रो आधार भनेको उनको व्यापक जनसम्पर्क रहेको छ। कानुनी र शैक्षिक पृष्टभूमि भरका थापा लामो समय सम्म विद्यार्थी राजनीतिमा समेत सक्रिय रहेका थिए। नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को बुद्दिजीवी फाँटको इन्चार्ज हुँदा व्यापक सम्पर्क विस्तार गरेका थापालाई बौद्धिक र प्राज्ञिक क्षेत्रबाट पनि राम्रो साथ र सहयोग हुने बताइन्छ।

यसै गरी थापाको जितलाई बलियो बनाउने तेश्रो आधार बनेको उनको शैक्षिक पृष्टभूमि रहेको छ।अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका थापा अहिले   भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन। लामो समय कलेजको संचालक समेत रहेका उनलाई यस निर्वाचन क्षेत्रका शैक्षिक अभियन्ताहरुहरुको पनि साथ रहने अनुमान गरिएको छ।

बुढानिलकण्ठ -२ मा रहेको  गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले  अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।

वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका  थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।