नेकपा एमाले काठमाडौं क्षेत्र नं २ को चुनावी सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंगसिर १ । नेकपा एमाले काठमाडौं क्षेत्र नं २ निर्वाचन क्षेत्र समन्वय कमिटी द्वारा आयोजित चुनावी सभा सम्पन्न भएको छ। बुधबार साँखु स्थित चलाखु डवलीमा भएको उक्त सभाको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल रहेका थिए। सभा शुरु पूर्व बिभिन्न स्थान बाट र्याली सहित नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु चलाखु डवली पुगेका थिए ।
निर्वाचन परिचालन कमिटिका संयोजक कृष्ण बजगाईको अध्यक्षतामा भएको उक्त सभामा नेकपा एमाले काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार मणिराम फुयाल क्षेत्र २ प्रदेश (१) उम्मेदवार सानुकुमार श्रेष्ठ प्रदेश (२) उम्मेदवार सुबर्ण श्रेष्ठ, नेकपा एमाले केन्द्रीय सदस्य सरिता न्यौपाने लगायत जिल्ला तह क्षेत्र शाखा लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा निर्वाचन परिचालन कमिटिका संयोजक कृष्ण बजगाईले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरि अत्याधिक बहुमतको साथ् बिजयी गराउन अनुरोध गरेका थिए ।
कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गरेका थिए। उनले शंखरापुर सांस्कृतिक सम्पदा परम्परा र संस्कृतिमा महत्वपूर्ण रहेको भन्दै त्यसको विकासमा नेकपा एमाले सदैब साथमा रहने प्रतिबद्धता ब्यक्त गरेका थिए। उनले नेकपा एमालेले बहुमत हासिल गर्ने भन्दै नेकपा एमाले देश र जनताको हितमा काम गर्ने पार्टी भएको बताएका थिए ।उनले
एमाल लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति र कम्युनिस्ट आन्दोलनको मूलधार भएको जनाउँदै सामाजिक–आर्थिक रुपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रुपले समृद्ध र उच्चस्तरको नेपालको परिकल्पना गरेको बताएका थिए । नेपाली जनताको सच्चा प्रतिनिधि’ एमालेभएको बताउदै देश बिकासको लागि पनि नेकपा एमालेलाइ जिताउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमाले काठमाडौं क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार मणिराम फुयाल क्षेत्र २ प्रदेश (१) उम्मेदवार सानुकुमार श्रेष्ठ प्रदेश (२) उम्मेदवार सुबर्ण श्रेष्ठ, लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा नेकपा एमालेकि केन्द्रीय सदस्य सरिता न्यौपानेले धन्यबाद ज्ञापन गरेकी थिइन भने कार्यक्रम चर्चित लोक गायक सुर्यमणि आचार्य लगायतले गायन मार्फत मनोरञ्जन प्रदान गरेका थिए। त्यसैगरि कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेकाहरुलाई नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायत नेताहरुले माला खादा लगाई पार्टी प्रवेश गराएका थिए ।