काठमाडौं क्षेत्र नं ३ मा एक्लै मत माग्दै प्रदेश (२) का स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठ
कपन अनलाइन
काठमाडौं,मङ्सिर १ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् । आफ्ना सुभचिन्तक,कार्यकर्ता,सहयोगीहरु साथ लिएर चुनावी प्रचारप्रसारमा हिडीरहेका उम्मेदवारहरु प्रसस्त भेटीन्छन ।
तर पछिल्लो समय एक्लै चुनावी प्रसार प्रसारमा हिड्ने उम्मेदवारहरु पनी भेटिन थालेका छन । तिनै मध्ये एक हुन काठमाडौं क्षेत्र नं ३ प्रदेश सभा सदस्य (२) का स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठ । यतीखेर उनी उनी एक्लै मतदाताहरुसँग मत माग्न घरदैलोमा व्यस्त छन । काँधमा नेपालको राष्ट्रिय झन्डा, शिरमा भादगाउँले टोपी , हाते माइक अगाडि–पछाडि भोट माग्ने कार्यकर्ता बिना एक्लै भोट माग्न सर्वसाधारणको भीड जता छ, उतै लाग्छन् उम्मेदवार श्रेष्ठ ।
प्रमुख राजनीतिक दलका उम्मेदवारका विरुद्धमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउने श्रेष्ठले चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का नबुझ्ने नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्नु पर्ने भन्दै धारा चुनाब चिन्हमा मतदान गर्न मतदाता समक्ष अनुरोध गरिरहेका छन ।
सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको बताउने स्वतन्त्र उम्मेदवार श्रेष्ठले देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताएका छन । स्वतन्त्र उम्मेदवार श्रेष्ठको दैनिकी अहिले मतदाता भेटघाटमा नै बित्ने गरेको छ।बिहान देखि बेलुका सम्म निर्वाचन आयोगले दिएको चुनाब चिन्ह “धारा”मा मत मागिरहेका छन।
बिभिन्न सामाजिक संस्थामा आवद्द भएर सामाजिक तथा मानवीय सेवामा सक्रिय रहदै आएका उम्मेदवार श्रेष्ठ भन्छन सामाजिक क्षेत्रमा क्रियाशील रहेकाले आफूले बच्चादेखि वृद्धसम्मका व्यक्तिको मनोभावना बुझेर काम गर्न सक्ने बताएका छन । हरेक व्यक्तिको समस्यालाई नजिकबाट नियाले बताउने श्रेष्ठले भने जनताको मन जितेर काम गर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ ।’ उनले आफ्नो उम्मेदवारीले मतदातामा उत्साह बढेको दाबी गरेका छन । ‘विकल्पको खोजी गरिरहेका मतदाताले मलाई मत दिन्छन्,’ उनले भने ।