लायन्स क्लब अफ काठमाडौं मनहरा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं कात्तिक २९ । विश्व मधुमेह दिवसको अवसर पारेर सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लायन्स क्लब अफ काठमाडौं मनहरा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ६ नारायणटार स्थित शंकरापुर अस्पताल प्रांगणमा रेडक्रस सोसाइटी को प्राबिधिक सहयोग तथा गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संगको सहकार्यमा बिहान ८:३० बजे देखि अपरान्ह १:३० बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक लायन सन्तोष बिष्टले कपन अनलाइनलाइ जानकारी गराए ।
उक्त कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल लायन्स इन्टरनेशनल GAT Area Leader लायन खगेन्द्र सिटौला , डिष्ट्रिक ३२५ डि का डिष्ट्रिक गर्भनर लायन बिष्णु भाई श्रेष्ठ , फस्ट भाईस डिष्ट्रिक गर्भनर लायन रमेश लामा , द्धितिय भाईस डिष्ट्रिक गर्भनर लायन सुरेन्द्र बलाय , पि डि जि लायन कुमार राज सुवेदी , क्याबिनेट ट्रेजरर लायन लब कुमार श्रेष्ठ, जि एल टि डिष्ट्रिक कोअर्डिनेटर लायन धर्म शरण श्रेष्ठ , जि एम टि डिष्ट्रिक कोअर्डिनेटर लायन श्रीधर भण्डारी , जि एस टि डिष्ट्रिक कोअर्डिनेटर लायन नवराज बाँस्तोला , चिफ एरिया कोअडिनेटर लायन दिपक चापागाई , डिष्टिक ३२५ डि क्याबिनेट का लिडरसहित लायन्स सदस्यहरुको उपस्थिति रहेको समेत संयोजक लायन बिष्टले जानकारी गराएका छन। शंकरापुर अस्पताल संगको सहकार्यमा लायन्स क्लब अफ काठमाडौं मनहराले सोहि स्थानमा सात दिने नि:शुल्क मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम समेत संचालन गरिरहेको उनले जानकारी गराए ।