जेनिथ र निम्स फाइनलमा

जेनिथ र निम्स फाइनलमा

कपन अनलाइन
काठमाडौं, कात्तिक २९।
जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
जेनिथले ओसिसलाई ५४–३२ ले पराजित ग¥यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंक योगदान गरे । सफल नेपालीको ८ अंक सहयोगमा निमसले एचएचसीएलाई ३८–१४ ले हरायो ।
सिनियर गल्र्समा संस्कृति र डिफेन्डिङ च्याम्पियन निम्सले उपाधि भिडन्त पक्का गरे । संस्कृतिले आयोजक रेडिअन्ट पब्लिकलाई १९–१३ तथा निम्सले न्यु भिजन एकेडेमीलाई १५–७ ले पाखा लगाए । संस्कृतिकी त्रिशा श्रेष्ठले ८ तथा निम्सकी टिना लिम्बूले ४ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई १९–१८ तथा युनिकले स्किब्सलाई ८–५ ले पन्छाए । ग्रिनफिल्डका पुजन उप्रेतीले १४ तथा युनिकका सन्चित रिमालले ४ अंक जोडे । फाइनल मंगलबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।