काठमाण्डौ-५ मा गठबन्धनलाई झट्का,नगर प्रमुख उम्मेदवार सहित दर्जनौ माओवादी नेता एमालेमा

काठमाण्डौ-५ मा गठबन्धनलाई झट्का,नगर प्रमुख उम्मेदवार सहित दर्जनौ माओवादी नेता एमालेमा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २८।

टोखा  नगरपालिकामा माओवादीबाट २०७४ सालको निर्वाचनमा नगर प्रमुख पदको  उम्मेदवार रहेका  शेखर श्रेष्ठसहित २८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमबार एक कार्यक्रमकाबीच उनीहरूलाई नेकपा एमाले वरिष्ठ समेत रहेका पोखरेल, निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा  तेस्रो स्थान हासिल गरेका शेखर श्रेष्ठ कांग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको धारणा राखेका थिए।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिने बताउदै एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेकोले एमालेमा समाहित हुन आह्वान गरेका थिए ।

को को नेकपा एमालेमा प्रवेस गरे ?

शेखर श्रेष्ठ

कृष्ण विक

सुरेन्द्र श्रेष्ठ (सचिव)

चेतबहादुर थापा

गंगालाल श्रेष्ठ

विनोद गौतम (वडा सदस्य उम्मेदवार)

नेत्रमान श्रेष्ठ

प्रकाश भण्डारी (वडा सदस्य उम्मेदवार)

रोनित भण्डारी (वडा सदस्य उम्मेदवार)

सुनिता विष्ट (विक) दलित महिला सदस्य उम्मेदवार

ज्ञानबहादुर श्रेष्ठ

अभिषेक श्रेष्ठ

विशाल कार्की

विमल मगर

सोमराज गुरुङ

रुजल श्रेष्ठ

विकास थापामगर

भुषण गुरुङ

दीपेश श्रेष्ठ

दिनेश मगर

रुपेश महर्जन

रुपेशबहादुर चन्द

सिता भण्डारी

शर्मिला थापा

प्रवीण श्रेष्ठ

सुरेश लावट (टोखा वडा नम्बर २ सहसचिव)

प्रजन श्रेष्ठ (वाईसीएल वडा सदस्य)

प्रवीण श्रेष्ठ (वाईसीएल वडा सदस्य)

तपाइँको प्रतिक्रिया ।