मानेभन्ज्याङ गाउँपालिकामा रामहरी खतिवडा भन्दा बढी मत ल्याउने यज्ञराज सुनुवारको दावी..

कपन अनलाइन

काठमाडौं ,कात्तिक २८।

ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका यज्ञराज सुनुवारले नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडालाई उनकै गाउँपालिकामा पछाडी पार्ने दावी गरेका छन।

खतिवडाको गृह पालिका मानेभन्ज्याङ गाउँपालिकामा सयौलाई नेकपा एमालेमा स्वागत गर्दै सुनुवारले ओखलढुंगा जिल्ला =मा नेकपा एमाले प्रवेसको लहर चलेको भन्दै खतिवडालाई उनकै पालिकामा ठुलो मत अन्तरले पछि पार्ने दावी गरेका हुन्।

तेश्रो पटक ओखलढुंगा जिल्लामा सांसद बन्ने तयारीका साथ चुनावी मैदानमा उत्रिएका प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनुवारले खतिवडाले खाली कुरा मात्र गरेको तर नेकपा एमालेले जिल्लाको विकासका लागि सधै सक्रिय भूमिका खेलको धारणा राखेका थिए।

नेपाली कांग्रेस सहित विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेको चुनावी प्रचारमा आएकाहरुलाई उचित काम र सम्मान दिने बताउदै सुनुवारले अहिले सम्म माने भन्ज्याङमा एउटा पनि बहुमुखी क्याम्पस नहुनु दुखद भएकोले आफ्नो अवको पहिलो काम नै त्यहि हुने प्रतिवदत्ता व्यक्त गरेका थिए।

पछिल्लो समय नेकपा एमालेमा प्रवेशको लहर देखिएपछी उत्साहित बनेका सुनुवार प्रदेस नं १ मा अम्बिर बाबु गुरुङ र प्रदेस क्षेत्र २ मा ज्ञान बहादुर खड्का (जीबी ) संगै चुनावी मैदानमा रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।