बुढानिलकण्ठ-१३ कौडोलको एमाले सम्पर्क कार्यालयमा कांग्रेस नेताको अभद्र व्यवहार

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ कौडोलमा रहेको सम्पर्क कार्यालयमा प्रवेस गरेर नेपाली कांग्रेसका स्थानीय नेताले अभद्र ब्यावहार गरेका छन।

मादक पदार्थ सेवन गरेर नेकपा एमालेको कार्यालयमा प्रवेस गरेका नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता सानुकाजी खत्रीले नेकपा एमाले बुढानिलकण्ठ -१३ का सचिवालय सदस्य गोकुल खत्री माथि आक्रमण गरेका हुन।

कार्तिक २५ गते साँझ आन्दाजी ५.५० बजेको समयमा नेकपा एमालेको सम्पर्क कार्यालय प्रवेस गरेका खत्रीले अपशव्द बोल्दै हातपात गरेकोमा दुख व्यक्त गर्दै नेकपा एमाले बुढानिलकण्ठ-१३ ले घटनाको छानविनका लागि माग गरेको छ।

निर्वाचनको तयारी र प्रचारका लागि स्थापना गरिएको कार्यालयमा रहेका महिला कार्यकर्ताहरुको मर्यादा समेत नराखी अश्लिल शव्द प्रयोग गर्नु भ्रत्सर्नायोग्य रहेको भन्दै एमाले बुढानिलकण्ठ -१३ ले सो घटनाको निन्दा समेत गरेको छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।