मत माग्न घर-घर पुग्दै नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरु

मत  माग्न घर-घर पुग्दै  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का  उम्मेदवारहरु

कपन अनलाइन

काठमाडौं, कात्तिक २४ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संघारमै आइपुग्दा उम्मेदवारहरुको ब्यस्तता बढेको छ । उम्मेदवारहरुलाई अहिले मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याई छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का उम्मेदवारहरु पनि घरदैलोमा सक्रिय छन् । प्रतिनिधिसभाका उम्मेदवार सन्तोष चालिसे प्रदेशसभा ३ (१) का उम्मेदवारछिरिङ दोर्जे लामा  र ३ (२) का उम्मेदवार बिमल ठकुरी घर-घर पुगेर मतदातालाई भेटिरहेका छन् ।

उनीहरुसंगै समानुपातिक उम्मेदवार  गोबिन्दहरि पुडासैनी पनि घरदैलोमा संगसंगै छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा घरदैलोको क्रममा भेटिएका प्रदेशसभा ३ (१) का उम्मेदवार छिरिङ दोर्जे लामाले  विगतमा अघि बढाएका काम सम्पन्न गर्न र नयाँ योजना निर्माणका लागि मतदाताले आफूलाई जिताउने उनले बताए।सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि विभिन्न योजना ल्याउने, संस्थागत विद्यालयसँग आवश्यक सहकार्य गर्ने, विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउदै मत मागी रहेका थिए ।

अघिल्लो कार्यकालमा प्रदेशको नीति निर्माण र कानुन निर्माणमा उल्लेखनीय भूमिका खेलेका लामाले यसपटक समाज रुपान्तरण,आर्थिक विकास र समग्र भावी कार्ययोजना समेटिएको प्रतिबद्दता पत्र  सहित  मतदाता माझ  पुगिरहेका छन। घरदैलोको क्रममा रहेका उम्मेदवारहरुले विकास, सुशासन, समृद्धि र स्थिरताका लागि ‘रुख” चुनाव चिन्हमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरिरहेका थिए ।

बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा घरदैलो गरेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ ले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ फुयाल चौर बाट घरदैलो शुरु गरेको छ ।

 प्रतिनिधिसभाका उम्मेदवार सन्तोष चालिसे प्रदेशसभा ३ (२) का उम्मेदवार बिमल ठकुरी, समानुपातिक उम्मेदवार गोबिन्दहरि पुडासैनी सहित नेता कार्यकर्ताहरु  झन्डा र चुनाव चिन्ह बोकेर घर दैलोमा पुग्दै उम्मेदवारको पक्षमा मत मागेका  थिए ।

फुयाल चौर बाट शुरु भएको घर दैलो  कृष्णचौर हुदै बस्नेत गाउ पुगी समापन भएको थियो भने आज नै उम्मेदवारहरुले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ को झांगाडोल देखि –सिमलसी- थापागाउँ- बैकनडाँडा- त्रिबेणीचोक –भद्रेश्वर- एकताटोल- भद्रेश्वर हुदै –सरस्वतीमन्दिर – श्री आदर्श स्कुल –भटमासे चोक –त्रिवेणीचोक

–जग्रेश्वर आदर्श मार्ग –भटमासे चोक पुगी समापन हुने प्रचार प्रसार समितिका संयोजक हरिबोल भण्डारीले जानकारी गराए । घरदैलोमा उम्मेदवारहरुले नेपाली कांग्रेसको पक्षमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गरेका थिए  भने  उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउने प्रयास गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।