गोकर्णेश्वर महादेव मन्दिर प्रांगणमा राप्रपा काठमाडौं क्षेत्र नं. ३को आम सभा
कपन अनलाइन
काठमाडौँ,कात्तिक २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा काठमाडौं क्षेत्र नं. ३को आम सभा सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर मन्दिर परिसरमा मंगलबार भएको आमसभामा राप्रपाका महामन्त्री भुवन पाठक, वागमति प्रदेश समितिका प्रमुख विक्रम थापा, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा लगायत क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (क) का चुण्डि लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनार लगायत राप्रप्राका विभिन्न् तहका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा राप्रपाका महामन्त्री भुवन पाठक, वागमति प्रदेश समितिका प्रमुख विक्रम थापा, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा लगायत क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार अधिवक्ता गणेश गिरी र प्रदेश (क) का चुण्डि लामा, प्रदेश (ख) का उम्मेदवार कमल सुनार लगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले ‘देशको राजनैतिक दुरावस्था र व्याप्त भ्रष्टाचार, बेथिति, माफियातन्त्र, गरिबी, बेरोजगारी लगायत आमसमस्या समाधानको पहलका लागि राप्रपालाइ मत दिनुपर्ने धारणा राखेका थिए उनीहरुले भ्रष्ट राजनीतिलाई सुद्धिकरण गर्न, युवा विदेश पलायन रोक्न साथै राष्ट्र, राष्ट्रियता, धर्म र राजासहितको प्रजातन्त्रलाई स्थापित गर्नका लागि पनि राप्रपालाइ मत दिनुपर्नेमा जोड दिएका थिए ।