बुढानिलकण्ठ -१२ मा डा.राजन भट्टराईको पक्षमा व्यापक जनलहर …

बुढानिलकण्ठ -१२ मा डा.राजन भट्टराईको पक्षमा व्यापक जनलहर …

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराईको पक्षमा व्यापक जनलहर देखिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापाको घरदैलो अभियानमा वडा नं १२ का स्थानीयहरुले न्यानो स्वागत गरेको वडा कमिटीका अध्यक्ष शंकर भट्टराईले जानकारी दिएका छन।

नेकपा एमालेको बलियो जनाधार रहेको वडाका रुपमा परिचित वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका सह संयोजक उद्दव खरेल र केदारराज पुडासैनी ,नेकपा एमाले क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का ,सह संयोजक रमा राई  , नगर इन्चार्ज लक्ष्मी संग्रौला,प्रदेस क्षेत्र २ का संयोजक राजन पोखरेल सहित नेता ,कार्यकर्ता तथा वडा वासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।