बुढानिलकण्ठ नगरपालिकामा दोस्रो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौँ,कात्तिक २३ । दोस्रो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ  । खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा फुटसल प्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका  साथ  बुढानिलकण्ठ नगरपालिकाको आयोजना तथा शिवपुरी युवा क्लबको व्यवस्थापन  यहि कार्तिक २५ र २६ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ४ स्थित स्थित पासिकोट फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा  सहभागी हुन आयोजकले अनुरोध गरेको छ  नगरपालिका भित्र स्थायी बसोबास गर्ने खेलाडीहरुको समूहले  सहभागी हुन पाउने उक्त प्रतियोगीतामा सहभागीताको लागि दर्ता शुल्क निशुल्क रहेको पनि आयोजकले  जानकारी दिएको छ

समुह दर्ता गर्नका लागि बूढानीलकण्ठ नगरपालिका अथवा शिवपुरी युवा क्लवलाई सम्पर्क गर्न समेत  आयोजकले अनुरोध गरेको छ । टिम दर्ता र थप जानकारीको लागि: ९८६६२९६८९८ ९८४११६३७२० ९८४१९३५०६३मा सम्पर्क गर्न सकिने छ

तपाइँको प्रतिक्रिया ।