एमालेले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछ: ईश्वर पोखरेल

एमालेले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी र लगानीको वातावरण बनाउँछ: ईश्वर पोखरेल
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २१ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन  ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताए  । विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको उनले बताए  । एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण गर्दै   संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने भएकोले ले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राखेका थिए  । उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।