बुढानिलकण्ठ-१० मा बाम -लोकतान्त्रिक गठबन्धनको घरदैलो अभियान

बुढानिलकण्ठ-१० मा बाम -लोकतान्त्रिक गठबन्धनको घरदैलो अभियान

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १९।

काठमाडौँ क्षेत्र नं  ४ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रदेस सभा सदस्य उम्मेदवार कुसुम कुमार  कार्कीले  बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले आज बुढानिलकण्ठ क्षेत्रमा घरदैलो कार्यक्रम शुरु गरेका हुन् । वडा नम्बर १० बालुवाखानी हलेसी मन्दिरबाट घरदैलो कार्यक्रम शुरु गरिएको हो।

प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनपरिणामलाई प्रभावित पार्न सक्ने मतदाता रहेको यस वडामा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा र नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई निरन्तर भेटघाट र घरदैको गरिरहेका छन भने स्वतन्त्र उम्मेदवारहरुको पनि निकै चहलपहल बढेको छ।

तपाइँको प्रतिक्रिया ।