काठमाण्डौ क्षेत्र नं ४ को चुनावी रणमैदान बन्यो बुढानिलकण्ठ नगरपालिका वडा नं १०
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० काठमाण्डौ क्षेत्र नं ४ को चुनावी रणमैदान बनेको छ । काठमाण्डौ क्षेत्र नं ४ (२ ) सबैभन्दा बढी मतदाता रहेको यस वडालाई प्राथमिकतामा राखेर राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले चुनावी अभियानलाई तीव्र बनाएका छन।
कार्तिक १९ गते सनिवार नेकपा एमाले र बाम – लोकतान्त्रिक गठबन्धनले बुढानिलकण्ठ -१० लाई घरदैलो अभियानको केन्द्रका रुपमा रोजेर जनताको घर घरमा पुगिरहेका छन।
प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनपरिणामलाई प्रभावित पार्न सक्ने मतदाता रहेको यस वडामा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा र नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई निरन्तर भेटघाट र घरदैको गरिरहेका छन भने स्वतन्त्र उम्मेदवारहरुको पनि निकै चहलपहल बढेको छ।
८ हजार ३ सय मतदाता रहेको बुढानिलकण्ठ -१० मा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको प्यानलनै विजयी बनेको थियो ।
काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,७८२ रहेका छन। निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार ८ सय ५२ रहेको छ।
काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम मत बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ ।