काठमाण्डौ क्षेत्र नं ५ मा गठबन्धनलाई गम्भीर धक्का,प्रभावशाली माओवादी नेता धर्म डंगोल सहितले पार्टी छाडे

काठमाण्डौ क्षेत्र नं ५ मा गठबन्धनलाई गम्भीर धक्का,प्रभावशाली माओवादी नेता धर्म डंगोल सहितले पार्टी छाडे

कपन अनलाइन

काठमाडौं , कार्तिक १८।

नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा काठमाडौँ- ५ इञ्चार्ज धर्म डंगोलसहित टोखामा क्रियाशील माओवादीका नेताहरूले पदबाट राजीनामा दिएका छन्।

नेकपा  माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य तथा काठमाडौँ- ५ इञ्चार्ज डंगोल, काठमाडौँ जिल्ला कमिटी सदस्य तथा उद्योग व्यापार संघ काठमाडौँ जिल्ला अध्यक्ष शेखर श्रेष्ठ, टोखा नगर २ वडा कमिटी सहसचिव सुरेन्द्रराज लवट,  टोखा नगर ६ वडा कमिटी अध्यक्ष अमर सिंह, टोखा नगर कमिटी सदस्य लेख बहादुर दियाली लगायतले राजिनामा दिएको श्रोतले जानकारी दिएको छ ।

पार्टीको बलिदान र गौरवपुर्ण इतिहासलाई तिलाञ्जली दिएर राष्ट्रघाती MCC र नागरिकता बिधेयकमा सहिछाप गरि आफ्नो वर्ग धरातल बिर्सेर गठबन्धनको नाममा टाङ्ग मुनि छिरेर काठमाडौको पार्टी ध्वस्त पार्ने र वक्तव्यबाजी   गरेर रमाउने स्वच्छेचारी नेतृत्वले गर्दा आजको मितिबाट स्वतन्त्र रुपमा राष्ट्र र जनताको सेवामा समर्पित रहने गरि नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने गरि सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिएको  डंगोलले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छन।

नेता डंगोलले सामाजिक संजालमा राखेको सामाग्री :

तपाइँको प्रतिक्रिया ।