नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले गरे बौद्धनाथ क्षेत्रको भ्रमण

नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले गरे बौद्धनाथ क्षेत्रको भ्रमण

कपन अनलाइन

काठमाडौँ, कात्तिक १६। नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ क्षेत्रको  भ्रमण गरेका छन । मंगलबार  विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ परिसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा लगायतले नवनियुक्त राजदूत डिन थम्प्सनलाइ स्वागत  गरेका  हुन ।

नवनियुक्त राजदुत थम्प्सनलाइ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले शान्तिका अग्रदुत भगवान गौतम बुद्दको प्रतिमा मायाको चिनोको रुपमा प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । अध्यक्ष लामाले राजदुत थम्प्सनलाइ विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथको बारेमा जानकारी गराएका थिए ।

  उनले बौद्ध संस्कृति, सांस्कृतिक विविधता र विभिन्न जातजाति, स्तूपाको इतिहासको बारेमा समेत जानकारी गराउनुको साथै  त्यसको  संरक्षण र विकासमा गर्न सकिने भूमिकाको बारेमा समेत छलफल गरिएको अध्यक्ष लामाले कपन अनलाइनलाइ जानकारी गराए ।

यस अघि पनि नेपालका लागि पुर्व  अमेरिकी राजदुत र्‍यान्डी बेरीलाइ  बौद्धनाथ क्षेत्र विकास समितिले बिदाइ गरेको थियो  ।कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।