काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा तेज प्रसाद ढकाल : व्यक्ति एक आयाम अनेक

काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा तेज प्रसाद ढकाल : व्यक्ति एक आयाम अनेक

कपन अनलाइन
काठमाडौं,  कात्तिक १६।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) का उम्मेदवार  तेज प्रसाद ढकाल राजनीति संगै विभिन्न क्षेत्रमा सक्रिय बहुआयामिक व्यक्तित्व हुन्।

मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा नेकपा एमाले बाट उम्मेदवार बनेका ढकाल पहिलो पटक संसदीय प्रतिस्पर्धामा आए पनि राजनीतक रुपमा भने निकै पुराना नेता हुन।

राजनीति संगै प्रकासन ,लेखन र कानुन व्यवसायमा निरन्तर सक्रिय रहेका ढकाल सालिन ,मिजाशिला र मेहेनती व्यक्तित्वका रुपमा क्षेत्र नं ४ मा परिचित रहेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ३० मा बसोवास गर्दै आएका ढकालले कानुन विषयमा स्नातक सम्मको अध्ययन गरेका छन भने मेरो देश ,प्रजातन्त्रमा जनप्रतिनिधि र प्रतिपक्ष ,भाव जस्ता पुस्तकहरुको लेखन समेत गरेका छन।

२०३९ सालमा अनेरास्ववियुमा आवद्ध हुदै राजनीति सुरु गरेका ढकाल हाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको उप सचिव रहेका छन।

२०५२ साल देखि कानुन व्यवसायमा सक्रिय रहेका उनले नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीमा लामो समय योगदान पुर्याएका छन भने नेपाल लेखापढी कानुन व्यवसायी एसोसियनमा दुई कार्यकाल महासचिव र दुई कार्यकाल अध्यक्षको भूमिका समेत निर्वाह गरिसकेका छन।

२०४६ साल देखि नेपाल रेडक्रस सोसाइटीको सदस्य बनेर समाजसेवामा योगदान दिएका ढकाल उच्च अदालत बार एसोसिएसन पाटनको सदस्य पनि रहेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा पूर्वाधार संगै संस्कृति र समाजको विकासमा स्पस्ट योजना सहित चुनावी मैदानमा ओर्लिएका ढकालको जन्म २०२४ सालमा भएको हो ।

तपाइँको प्रतिक्रिया ।