जयराम थापाका योजनाहरु : प्रत्येक सय दिनमा जनता संग साक्षात्कार,सार्वजनिक जग्गा संरक्षण

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १४।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेका युवा नेता जयराम थापाले १० बुँदे विकास योजना सार्वजनिक गरेका छन।

मंगसिर ४ गते हुने प्रदेस सभा निर्वाचनमा उम्मेदवार बनेका थापाले बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको प्रदेस सभा क्षेत्रमा विभीन्न पूर्वाधार र सामाजिक विकासका विषयहरु समेटेर १० बुँदे विकास योजना ल्याएका हुन् ।

आपनो प्रतिवदत्ता पत्रमा थापाले जनता संग सम्पर्क र सार्वजनिक सम्पतिको संरक्षणलाई विशेष प्राथमिकतामा राखेका छन भने युवाहरुको क्षेमता विकासलाई पनि प्रमुख मुद्दा बनाएका छन।

के के छन  १० बुँदे विकास योजना ?

१.एकीकृत खानेपानी बोर्ड मार्फत खानेपानी योजना लागु गरिनेछ।

२.फोहोरमैला व्यवस्थापन बोर्ड मार्फत समस्या समाधान गरिनेछ ।

३.रुद्रमती (धोवीखोला ) सफाई अभियान मार्फत स्वच्छ पानि बग्ने वातावरण बनाइनेछ।

४.युवाहरुको करियर डेभेलप्मेंट सेन्टर बनाइनेछ ।

५.प्रदेस स्तरीय पर्यटन बोर्ड बनाई पर्यटकीय क्षेत्रको गुरुयोजना तयार पारिनेछ ।

६.एक वडा : एक खेल मैदानको अभियानलाई प्रदेस मार्फत स्तरनोत्ति गरिनेछ ।

७.एक वडा : एक सार्वजनिक सौचालयको अभियानलाई निरन्तरता दिइनेछ ।

८.प्रत्येक एक सय दिनमा जनता संग साक्षात्कार कार्यक्रम सुरु गरिनेछ ।

९.जना गुनासो ,सर सल्लाह र सुझावका लागि डिजिटल प्लेटफर्म बनाइनेछ।

१०.महिला ,बालबालिका र जेष्ठ नागरिकहरुको लागि विशेष कार्यक्रम ल्याइनेछ ।

११.सार्वजनिक जग्गाको लागत राखी संरक्षणका विविध उपाय अपनाइनेछ ।

तपाइँको प्रतिक्रिया ।