Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/10/6245700080_IMG_0288-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आज छठ पर्व मनाइँदै

कपन अनलाइन 

काठमाडौं कात्तिक १३ । आज  छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।

छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर  भोलि बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ ।

रातभर नदी, वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ ।सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ ।

छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

फाइल फोटो

तपाइँको प्रतिक्रिया ।