काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र ) रुस्ट ,गठबन्धन तोडिने संकेत

कपन अनलाइन

काठमाण्डौ , कार्तिक १३।

पाँच दलीय गठबन्धनको निर्णय नमान्दा काठमाण्डौ क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र ) रुस्ट बनेको छ।

नेकपा (माओवादी केन्द्र)  काठमाण्डौ क्षेत्र नं ३ का इन्चार्ज तथा प्रदेस सभा क्षेत्र नं २ का उम्मेदवार  महेश्वर फुँयाल (विवेक ) ले एक बिज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयन नभएमा गठबन्धन तोडिने संकेत गरेका हुन्।

माओवादी केन्द्रको भागमा परेको प्रदेश(ख) बाट आफ्नो उमेदवारलाई पुर्ण रूपमा निस्कृय गर्दैन भने नेकपा माओवादी केन्द्रको तर्फबाट दर्ता गरेको संघ , प्रदेश क र ख को सबै तीन वटै सिटको उम्मेद्वारी  कायम रहने बताउदै इन्चार्ज फुँयालले नेपाली काँग्रेसले सहमति वेगर दर्ता गरेको प्रदेश क्षेत्र(ख) को उमेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (क) को उमेदवारी फिर्ता लिन तयार रहेको जानकारी दिएका छन।

फुँयालले सामाजिक संजालमा सार्वजनिक गरेको बिज्ञप्ति : 

प्रेस बिज्ञप्ति आम काठमाडौं क्षेत्र नं- ३ का मतदाता ज्युहरूमा अभिवादन सहित मीठो नमस्कार ब्यक्त गर्दछु । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट यस क्षेत्रमा संघमा नेपाली काँग्रेस, प्रदेश (क) मा नेपाली काँग्रेस र प्रदेश क्षेत्र (ख) मा माओवादी केन्द्रको उमेदवारी दिने सहमति बेगर नेपाली काँग्रेसले प्रदेश क्षेत्र (ख) मा पनि मित्रवत प्रतिस्पर्धाको नाममा आफ्नो उमेदवारी दिए पश्चात् मित्रवत प्रतिस्पर्धाका लागि नै माओवादी केन्द्रले संघमा कमरेड बद्री बजगाँई, प्रदेश क्षेत्र (क) मा कमरेड कपिलमुनी उप्रेती र (ख)मा म महेश्वर फुयालले दिएको उमेदवारी कायम नै छ। यदी नेपाली काँग्रेसले सहमति वेगर दर्ता गरेको प्रदेश क्षेत्र(ख) को उमेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (क) को उमेदवारी फिर्ता लिन तयार छ ।

यदी नेपाली काँग्रेसले मित्रवत प्रतिस्पर्धाका नाममा माओवादी केन्द्रको भागमा परेको प्रदेश(ख) बाट आफ्नो उमेदवारलाई पुर्ण रूपमा निस्कृय गर्दैन भने नेकपा माओवादी केन्द्रको तर्फबाट दर्ता गरेको संघ , प्रदेश क र ख को सबै तीन वटै सिटको उमेदवारी कायम रहने र माओवादी केन्द्र तीन जना नै उमेदवारको पक्षमा भोट मागी आम मतदाताहरूको विचमा सशक्त रूपमा जाने कुराको यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछु । क्रान्तिकारी अभिवादन सहित

महेश्वर फुयाल (विवेक)

ईञ्चार्ज

नेकपा (माओवादी केन्द्र) काठमाडौं ३ नं क्षेत्रिय समिति

No description available.

तपाइँको प्रतिक्रिया ।