मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने धादिङ्ग ज्यामगुरुङवासीको घोषणा

मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने धादिङ्ग ज्यामगुरुङवासीको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक ६।

श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामगुरुङवासीले आगामीमंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरु कुनै रहरले नभई बाध्यताले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए ।
उनले भने,‘यो भनेको ३५ सय घरधुरीको बगिरहेको आँशु हो । हाम्रो समस्या समाधानको लागि पत्रकारहरुको ठूलो हात हुनेछ । हामी दिनप्रतिदिन त्यसै संघर्षमा उत्रिएका होईनौं । सबै निकायधाएका छौं । तर कतैबाट समस्या समाधान नभएकोले यो निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं ।’
कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिका वडा–११ अध्यक्ष तथा सोही वडाका कांग्रेसका सभापति रामबहादुर श्रेष्ठले आफ्नो वडाका सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालयको रोहबरमा आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाए । उनले उक्त निर्णय सर्वसम्म्त रहेको पनि स्पष्ट पारे ।
उनले २०३२ सालदेखि जग्गाको नापी सुरु भएको र आफूहरु सोहीकाल देखि नै जग्गाको धनी रहँदै आएको, र बहुदल र प्रजातन्त्र आउँदापनि जग्गाधनी रहेको सुनाए । ०६२/०६३ सालको जनआन्दोलनपछि गणतन्त्र आएपछि भने आफूहरुलाई सरकारको लापरवाहीको कारण जग्गाधनीबाट (कुनै पनि सूचना नदिईकन मोही बनाउने काम भयो, त्यहीकारण आफूहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भन्ने उनको भनाई छ ।
उनले गुठीको विरुद्धमा यसअघि पनि आन्दोलन चलेको स्मरण गराए । श्रेष्ठले ०७४ को निर्वाचनपछि गुठी संघर्ष समितिमार्फत आन्दोलन गरेको स्मरण गराउँदै आफूहरुको मागबारे भने कुनै सुनुवाई नभएको गुनासो पोखे । उनले आफूहरुको प्रतिनिधित्वकुनै ठाउँमा नरहेको गुनासो पोखे।

कार्यक्रममा सो क्षेत्रमा क्रियाशिल नेकपा (माओवादी केन्द्र) की प्रदेश कमिटी सदस्य सरला धमलाले पनि समितिले अघि सारेको माग र गरेको निर्णयमा ऐक्यबद्धता जनाएकी छिन् । उनले आफूहरु माग पूरा गराउनको लागि राष्ट्रिय मुद्दा बनाएर अघि बढेको सुनाईन् । उनले आफूहरु पहिले जग्गाधनीरहेको र अहिले आएर राज्यको लापरवाहीको कारण सुकुम्बासीमा परिणत भएको गुनासो पोखिन् । उनले सम्पत्ति माथिको नागरिकको मौलिक हकहनन भएको पनि टिप्पणी गरिन् । समितिले चाल्ने कदममाआफू र आफ्नो दलको पूर्ण ऐक्यबद्धता रहने पनि धमलाको भनाई छ ।
त्यस्तै, सोही क्षेत्रमा सक्रिय नेकपा (एमाले) वडा ईन्चार्ज केदार लम्सालले पनि समितिको निर्णयको ऐक्यबद्धता जनाएका छन् । उनले आफूहरु दलीय आवद्धता भन्दा माथि उठेर आफूहरुको माग र मुद्दाको सम्बोधन गर्न लागिपरेको सुनाए ।उनले भने,‘यो निर्वाचन बहिष्कार गर्नको लागि म सबैमाआग्रहगर्न चाहन्छु ।’
यस्तै, राप्रपाका प्रतिनिधि नमराज धमलाले राज्यको लापरवाहीको कारण आफूहरु सुकुम्बासीबन्नुपरेको सुनाए ।उनले भने,‘गणतन्त्रले श्री ५ भन्ने शब्द मेटाईदिएको छ । तर, गणतन्त्रका तीनायकहरु श्री ५ बनेकाहुनत ? म प्रश्नगर्न चाहन्छु । प्रदेश सरकार गठन भएपछि हाम्रो जग्गा तलमाथि भएको छ ।’
उनले आफूहरुको जग्गा गुठीमा रहेको भनेर कतैपनि अभिलेखमा नदेखिएको भन्दै नेताहरुको प्राविधिक गल्तीको कारण यस्तो भएको भन्दै सो जग्गाबारे राज्यले तत्काल छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्का वक्ता सुर्वण रिमालले निर्वाचन बहिष्कार गरेर समाधान होला त ?भन्ने जिज्ञासा राखेका थिए । तर, माग पूरा हुने सवालमा भने समितिले गरेको निर्णय र आगामी दिनमा चाल्ने कदममा भने आफ्नो पूर्ण समर्थन रहने उनको प्रतिबद्धता थियो ।

निर्बाचन बहिष्कार संम्बन्धि प्रेस बिज्ञप्ति :
उपरोक्त सम्बन्धमा धादिङ्ग जिल्ला साविकको ज्यामरुङ गा.वि .स. हाल नीलकण्ठ नगरपालीका १०/११ साविकको कटुञ्जे गा.वि.स.हाल नेत्रावती डोबजोङ गा.पा. का विभिन्न क्षेत्रमा भएको जग्गा पुस्तौ– पुस्तादेखि भोगचलनगर्दै आएको र नापीहुँदाको वखतदेखि वि.स.२०३२ साल देखी नै रैतानपूर्जा जग्गाधनी रहेको र त्यस बखतमातिरो तिर्नकालागिभनेर जग्गाधनीपूर्जामाश्री ५ को वायुगुठी लेख्न तत्कालिनकथित वडा हाकिमको आदेशले लगाएकोमा भू–सूचना प्रणाली (एलआरआईएम) सिष्टमको समस्या देखाउँदै जग्गाधनीको महलमा श्री ५को वायु गुठी र मोहीमा व्यक्तिको नाम लेखी जग्गाधनीको हक हिस्सा महलमा एकलौटी लेखीकुनै तथ्य र प्रमाण नमिल्ने पूर्जा वितरण गरेको हुँदा निम्न बुँदाका आधारमा यस्ता अवाञ्छित र गैर न्यायिक राज्यआतंक र सम्पत्तिमाथिको व्यक्तिको मौलिक हक कायम गराउनको लागी बिभीन्न समयमा भयका ध्यानाकर्षण, भेला र आन्दोलनको बाबजुदपनि राज्य, सरकारको तर्फबाट केहि पहल र हाम्रो समस्याको संबन्धमा केहीपनि सुनुवाई नभयको हुदाँ र राजनीतिक नेताहरू समस्याको बिसयमाजानकार रहे पनि राजनैतिक मुद्दा बनाउनअनुदार देखिएकले राज्यविहीन नागरिको मैलिक हक हनन् हुँदासमेत मुखदर्शक राज्यको आयोजनामा हुने निर्बाचन अबज्ञा र बहिस्कार गर्ने निर्णय गरेका छौ।

मंसिर ४ को निर्वाचन बहिष्कार किन?
१) पुस्तौं–पुस्तादेखि भोगचलन र नापी हुँदाका बखतदेखि रैतान रहीव्यक्तिको नाममा जग्गाधनीपूर्जा कायम रहेको तर हाल पैत्रिक सम्पत्ति माथिको मौलिक हक हनन भएकोले
२) विगतदेखि नै जिल्ला मालपोत कार्यालयमा नगदी तिरो तिर्दै आएको ।
३. विगत समयमा जग्गाधनीले जग्गा खरिद बिक्रि, बैकिङ्गधितो बन्धक तथा नक्शापास एवं जग्गाको हिस्सा हस्तान्तरण हुँदाकुनै समस्या र व्यवधान नरहेको, हालबाबु जग्गाधनी तर छोरो पैत्रिक अंश लिदा मोहिमा रुपान्तरण हुने असंबैधानिक ब्यबस्था गरेकोले ।
४) वि.स. २०७२ सालमा मालपोत कार्यालयमा नयाँ सफ्टेवयर निमार्ण भई कम्युटर भू सुचना प्रणाली लागू गर्ने नाममा व्यक्तिको नाममा रहेको जग्गाको जग्गाधनी महलमाश्री ५ को वायु गुठी लेख्न सुरु भएको र हक हिस्सा महलमा एकलौटी लेख्ने जस्तो अब्यबाहरिक र असंबैधानिक कार्य विना प्रमाण र आधारमा मोहीको महलमा व्यक्तिको नाम लेख्न थालेकोले।
५) भू सूचना प्रणालीको नाममा समस्या भएपश्चात् त्यस क्षेत्रका वासिन्दा विभिन्न जनदवाव तथा संघर्षको कार्यक्रमगरि जिल्ला मालपोत कार्यालय, गुठी संस्थान, मालपोत विभाग तथा सम्बन्धित निकायबाट जग्गाधनी व्यक्ति नै रहेको भन्ने व्यहोराको पत्रहरु प्राप्त भएको ।
६) कुनै पनि नीतिगत निर्णय सम्बन्धित एवं कानून आधार बिना तथ्य प्रमाण बिना नै जग्गाधनीको महलमाश्री ५ को वायु गुठी लेखेको हाल सम्म पनि जग्गापास लिखितममा जग्गाधनीको महलमा व्यक्ति कै नाम जग्गा फिल्ड बुकमा पनि जग्गाधनीमा व्यक्ति कै नाम र नगद तिरोमा पनि व्यक्ति कै नाम रहेको छ।

तपाइँको प्रतिक्रिया ।