पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने बाँसवारीका लज संचालक पक्राउ

पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने बाँसवारीका लज संचालक पक्राउ

कपन अनलाइन 

काठमाडौँ, कात्तिक ४।

काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा प्रहरीले एक जना होटल मालीलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चन्द्रागिरि घर भएका ४२ वर्षका मुकेश माली रहेका छन्।

प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा  गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरुका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथमा रहेको आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।