गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु

कपन अनलाइन

 काठमाडौँ, असोज ३१।  गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना  तथा  पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली  योग समिति काठमाण्डौ, नारायणटार युवा क्लब, नारायणटार योग साधना केन्द्रको सहयोगमा असोज  ३० गते आइतबार बाट शुरु भएको उक्त बृहत नि:शुल्क योग बिज्ञान शिविर कात्तिक ४ गते सम्म चल्ने  आयोजकले जानकारी गराएको छ ।

 गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा रहेको छिमेकि पार्टी प्यालेसमा बिहान ५ बजे देखि ७ बजे सम्म हुने उक्त बृहत नि:शुल्क योग बिज्ञान शिविरको उद्घाटन सत्रमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, वडा अध्यक्ष नारायण बहादुर सुवेदी, काठमाडौं क्षेत्र नं ३  प्रतिनिधि सभाका उम्मेद्वार एबम नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति सन्तोष चालिसे, प्रदेशसभा क्षेत्र नं ३ क का उम्मेदवार छिरिंगदोर्जे लामा. गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्यहरु सहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्वास्थ्यनै ठुलो धन भएको हुँदा योगको माध्यमबाट आम व्यक्तिलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यका साथ  आयोजना गर्न लागिएको उक्त शिविरले नागरिकहरुमा योग विज्ञानको महत्व र यसले मानव जीवनमा पार्ने प्रत्यक्ष फाइदाका विषयमा सकारात्मक  सन्देश प्रभाव गर्ने अपेक्षा लिइएको  कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । उनीहरुले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि योगाभ्यासलाई आम नागरिकको पहुँचसम्म पु-याउनुपर्ने बताएका थिए  । नसर्ने रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, खानपान र योगाभ्यास आवश्यक रहेको बक्ताहरुको भनाइ  रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।