गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर हुदै

कपन अनलाइन

काठमाडौं असोज २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर हुने भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना  तथा  पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली  योग समिति काठमाण्डौ, नारायणटार युवा क्लब, नारायणटार योग साधना केन्द्रको सहयोगमा असोज  ३० गते देखि कात्तिक ४ गते सम्म  छिमेकि पार्टी प्यालेसमा बिहान ५ बजे देखि ७ बजे सम्म हुने उक्त बृहत नि:शुल्क योग बिज्ञान शिविरमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

स्वास्थ्यनै ठुलो धन भएको हुँदा योगको माध्यमबाट आम व्यक्तिलाई स्वस्थ जीवनयापन गर्न प्रेरित गर्ने उद्देश्यका साथ  आयोजना गर्न लागिएको उक्त शिविरले नागरिकहरुमा योग विज्ञानको महत्व र यसले मानव जीवनमा पार्ने प्रत्यक्ष फाइदाका विषयमा सकारात्मक  सन्देश प्रभाव गर्ने अपेक्षा लिइएको छ । थप जानकारी को लागि सम्पर्क नंः-९८४१३९७६७२,९८४००५१७८४,९८५११३२९०

तपाइँको प्रतिक्रिया ।