डा.राजन भट्टराईको चुनावी अभियान हाक्ने कमान्डर तोकिए,को को छन ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २९ ।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा निर्वाचन परिचालन कमिटी गठन भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको आरबी होम पार्टी प्यालेसमा भएको कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक ,सह संयोजक र सचिवको जिम्मेवारी प्रदान गरिएको हो।

नेकपा एमाले केन्द्रीय अनुसासन आयोगका अध्यक्ष केशव बडाल ,केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई , प्रदेस सभा सदस्यका उम्मेदवार तेज प्रसाद ढकाल र जयराम थापा लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य रमेस बडालको संयोजकत्वमा २५५५  सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको थियो।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीको सह संयोजकमा निर्मल कुइकेल ,उद्दव खरेल र केदार राज पुडासैनीलाई चयन गरिएको छ भने सचिवमा टिका पराजुली चयन भएका छन ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक बिदुर विक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य तथा सह संयोजक रमा राईले स्वागत मन्तव्य राखेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।