भोलि काठमाण्डौ-४ मा नेकपा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा हुने,उपस्थितिका लागि अनुरोध

कपन अनलाइन

काठमाण्डौ ,असोज २८।

नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले असोज २९ (भोलि ) निर्वाचन परिचालन कमिटी घोषणा गर्ने भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मित्र पार्कमा रहेको आरबी होम पार्टी प्यालेसमा हुने सो परिचालन कमिटी घोषणा कार्यक्रम बिहान ८ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ।

मंगसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम समेत रहेको सो निर्वाचन परिचालन घोषणा कार्यक्रममा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण टोल,शाखा,प्रदेस क्षेत्र ,क्षेत्र र जिल्ला कमिटीका सदस्यहरु सहित समर्थक तथा शुभचिन्तकहरुलाई आयोजक कमिटीले अपिल समेत गरेको छ।

उक्त निर्वाचन परिचालन कमिटी घोषणा कार्यकममा सहभागिता जनाउन चाहाने क्षेत्रवासीहरुलाई सहजता प्रदान गर्दै आउने वातावरण निर्माण गर्नका लागि मातहतका कमिटीहरुलाई निर्देशन दिदै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले औपचारिक निम्ता नपुगेको ठाउमा सामाजिक संजाल मार्फत गरिएको अपिलाई आधिकारिक मानेर सहभागी हुनका लागि अनुरोध समेत गरेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।