काठमाण्डौ-४ मा रोचक भिडन्त : गगन थापाको वडामा एमाले र डा.राजन भट्टराईको वडामा कांग्रेस उम्मेदवार

काठमाण्डौ-४ मा रोचक भिडन्त : गगन थापाको वडामा एमाले र डा.राजन भट्टराईको वडामा कांग्रेस उम्मेदवार

कपन अनलाइन

काठमाण्डौ ,असोज २८।

हरेक निर्वाचनमा चर्चाको केन्द्रमा रहने काठमाण्डौ क्षेत्र नं ४ मा यस पटक रोचक भिडन्त हुने भएको छ। २०७४ सालको प्रदेस सभा निर्वाचनमा एकै वडाबाट उम्मेद्वारी परे पनि यस पटक भने दुई वटा विशेष वडाबाट उम्मेद्वारी परेको छ।

काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा यस पटक प्रतिनिधि सभाका दुई उम्मेदवारहरुको वडाबाट प्रदेस सभा सदस्यमा उम्मेद्वार चुनावी मैदानमा उत्रिए संगै चुनावी माहोल निकै रोमान्चक हुने अनुमान गरिएको छ।

मंगसिर ४ गते हुने प्रदेस सभाको निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको वडाबाट नेकपा एमालेका तेज प्रसाद ढकाल उम्मेदवार बनेका छन भने नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको वडाबाट नेपाली कांग्रेसका श्रीराम लामिछाने उम्मेदवार बनेका छन।

थापाको वडा काठमाण्डौ महानगरपालिका वडा नं ३० का ढकाल र डा.भट्टराईको वडा काठमाण्डौ महानगरपालिका वडा नं ७ का लामिछाने पहिलो पटक संसदीय निर्वाचनको मैदानमा ओर्लिएका हुन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी उपसचिव ढकाल र महाधिवेसन प्रतिनिधि लामिछाने उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा काठमाण्डौ महानगरपालिकाका वडा नं १,७,८ र ३० रहेका छन।

दोश्रो पटक काठमाण्डौ क्षेत्र नं ४ को मैदानमा आमने सामने भएका थापा र डा. भट्टराईले एक अर्काको वडाबाट प्रदेस सभा सदस्य उम्मेदवार बनाउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।