काठमाण्डौ क्षेत्र नं ४ (२ ) को चुनावी मैदानमा कुसुम कार्की र जयराम थापा ,कसले मार्ला बाजी ?

काठमाण्डौ क्षेत्र नं ४ (२ ) को चुनावी मैदानमा कुसुम कार्की र जयराम थापा ,कसले मार्ला बाजी ?

कपन अनलाइन

काठमाण्डौ ,असोज २८।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) को चुनावी मैदानमा नेकपा एसका केन्द्रीय सदस्य कुसुम कुमार कार्की र नेकपा एमालेका जिल्ला कमिटी सदस्य जयराम थापा उत्रिएका छन।

चौथो पटक जनप्रतिनिधि बन्ने दौडमा मैदानमा देखिएका कार्की र प्रथम पटक संसदीय यात्रामा आएका थापा अहिले व्यापक चुनावी प्रचारको दौडमा रहेका छन।

कुनै समयमा एकै कमिटीमा काम गरेका कार्की र थापा यस पटक फरक फरक पार्टीबाट चुनावी मैदानमा ओर्लिए संगै काठमाण्डौ क्षेत्र नं ४ (२)  को राजनीतिक माहोल पनि निकै तातेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी कार्की र वडा नं २ निवासी थापा संगै काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभामा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई चुनावी प्रतिस्पर्धामा रहेका छन ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।

कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर  १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार हरुले ८,६८० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले पाप्त गरेको मतमा नेकपा एमालेले  २,७३५ मत बढी प्राप्त गरेको छ।

निर्वाचन  आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० मत प्राप्त गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।