नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २ ( २)को निर्वाचन परिचालन कमिटी घोषणा
कपन अनलाइन
काठमाडौँ, असोज २८ । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २ (२) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाइ सफल बनाउन निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
बिहिबार साँखु स्थित सक्व कटेजमा भएको उक्त कार्यक्रममा नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नं २ प्रदेश (२) का संयोजक महेन्द्र लाल श्रेष्ठको संयोजकत्वमा७५१ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
नेकपा एमाले केन्द्रीय सदस्य सरिता न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं २का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मणिराम फुयाल, प्रदेश (२) का उम्मेदवार सुवर्ण श्रेष्ठ सहित बिभिन्न तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नेहरुले प्रतिनिधिसभा तथा प्रदेश सभामा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउन केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।