चुनाव प्रचारको मैदानमा विदुर विक्रम खड्का भन्छन, “पार्टीले अन्याय गरेपनि म बेइमानी गर्दिन”
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
नेकपा एमालेका काठमाण्डौ जिल्ला कमिटीका सचिवालय सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का चुनावी मैदानमा सक्रिय बनेका छन।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) को प्रदेस सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका खड्काका वारेमा विभिन्न टिका टिप्पणी सहित सामाजिक संजाल र संचार माध्यमहरुमा आएका सामाग्री र विषय प्रकासन भए पछी तरंगित बनेको राजनीतिक माहोल अब शान्त हुने देखिएको छ।
कतिपय विषम परिस्थिति र घटना क्रममा कतिपय प्रभावशाली र ठुला भनिएका नेताहरु पुच्छर लुकाएर भागेको अवस्थामा पनि नेकपा एमालेको पक्षमा निडर र निर्भिक भएर उभिने गरेका खड्काले प्रदेस सभामा टिकट नपाउदा गरिएका विभिन्न प्रचार बाजीको खण्डन गर्दै आफु निर्वाचनको अभियानमा सक्रिय बनेको कपन अनलाइनलाई बताएका छन।
विगत ४० वर्ष देखि नेकपा एमालेको संगठन निर्माण र विस्तारमा अविश्राम सक्रिय रहेका खड्काले कपन अनलाइन संग भने , “पार्टीले अन्याय गरेपनि म बेइमानी गर्दिन।”
प्रदेस सभाको टिकट वितरण र उम्मेद्वारीका सवालमा आफ्ना विमति रहेपनि आफुले विगतमा झैँ नेकपा एमाले र पार्टीका उम्मेदवारहरु जिताउन हरसम्भव प्रयास र पहल गर्ने बताउदै खड्काले निर्वाचन अभियानमा मन ,बचन र कर्मले होमिन क्षेत्र नं ४ का सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आव्हान समेत गरेका छन।
विदुर विक्रम खड्काको काँधमा बन्दुक राखेर अरुलाई तर्साउने कुल्सित मनसाय कसैले नराखे हुन्छ भन्दै उनले असोज २९ गते हुने निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई व्यापक र निर्णायक शक्ति प्रदर्शनको अवसरका रुपमा उपयोग गर्न सबैमा अपिल समेत गरेका छन ।