काठमाडौं क्षेत्र नं ३ प्रदेश “ख” का स्वतन्त्र उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान,कसले के पाए?

काठमाडौं क्षेत्र नं ३ प्रदेश “ख” का स्वतन्त्र उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान,कसले के पाए?

कपन अनलाइन

काठमाडौँ,असोज २७। काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा  स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रबाट उम्मेदवार भएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको हो ।

मंसिर ४ गते हुने निर्वाचनका लागि  प्रदेश सभा ख का लागि स्वतन्त्र उम्मेदवार  अर्जुन प्रसाद पुडासैनीले सहनाई चुनाब चिन्ह पाएका छन भने अर्का स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठले पानीको धारा चुनाब चिन्ह पाएका छन ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार देवराज थापाले चुनाब चिन्ह फुटबल खेलाडी पाउदा अर्का स्वतन्त्र उम्मेदवार पुष्प कुमार भण्डारीले चुनाव चिन्ह काग पाएका छन । त्यसैगरि अर्का स्वतन्त्र उम्मेदवारसिता पौडेलले ट्रफी चुनाब चिन्ह पाएकी छिन ।

 

तपाइँको प्रतिक्रिया ।