काठमाण्डौ क्षेत्र नं २ (२ ) मा नेकपा एमालेका सुवर्ण श्रेष्ठ विरुद्धको उजुरी खारेज
कपन अनलाइन
काठमाण्डौ ,असोज २६।
काठमाण्डौ क्षेत्र नं २ (२ ) को प्रदेस सभा सदस्यमा उम्मेद्वारी दिएका सुवर्ण श्रेष्ठ विरुद्ध परेको उजुरी खारेज भएको छ। निर्वाचन अधिकृतको कार्यालयले श्रेष्ठ विरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेद्वारी कायम गरेको छ।
शंखरापुर नगरपालिकाका निवर्तमान प्रमुख समेत रहेका सुवर्ण श्रेष्ठ विरुद्ध परेको उजुरी खारेजी संगै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ मा चुनावी अभियान सुरु गरेको छ।
काठमाण्डौ क्षेत्र नं २ को प्रतिनिधि सभामा मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ भने प्रदेस क्षेत्र नं १ मा सानु श्रेष्ठ र प्रदेस क्षेत्र नं २ मा सुवर्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
तपाइँको प्रतिक्रिया ।