राजनीतिक सहमतिको प्रभाव नेप्सेमा

राजनीतिक सहमतिको प्रभाव नेप्सेमा

काठमार्डाँैं, २६ जेठ । कारोबार सुरु भएको केही समयमै सर्किट ब्रेक (केहीबेर रोकिएको) लागेको पुँजी बजारमा २१.१० अङ्कले वृद्धि भएको छ ।

nepse

संविधानका मुख्य बुँदामा सहमति भएपछि आज सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो ।

बजार सुरु भएदेखि नै निरन्तर उकालो लागेको बजारमा एक बजेर १२ मिनेटमा १५ मिनेटका लागि सर्किट ब्रेक भएको थियो ।

राजनीतिक सहमतिपछि लगानीकर्तामा उत्साह थपिएकाले त्यसको प्रभाव पुँजी बजारमा परेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सहप्रवक्ता मुराहरि पराजुलीले बताउनुभयोे ।रासस

तपाइँको प्रतिक्रिया ।